आगामी श्रावण २० गतेलाई रिलिज मिती तोकिएको फिल्म ‘आँधि तुफान २’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । सुरेश अधिकारीको संगीत तथा हरी उप्रेतीको शब्द रचाना रहेको गीतमा सुवानी मोक्तानको स्वर छ । सार्वजनिक गीतमा अभिनेत्री आरती आचार्य, यांशु श्रेष्ठ र सोनी बिसीलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।  निर्माण टिमले पोस्टर सार्वजनिक गरेका हुन् l  ‘आँधी तुफान–२’ लाई  मौनता श्रेष्ठको निर्माण गरेका छन् l साथै फिल्मको कथा पनि उनकै रहेको छ l

फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।चक्रबहादुर मगर निर्माता रहेको थ्रीलर र सस्पेन्स विषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन,प्रेम चुल्ठेको एक्सन , दिनेश सुवेदीका गीत,रानी शाक्यको स्वर र कमल राईको नृत्य रहेको छ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण भएको हो ।