पछिल्लो समय विवादमा तानिएकी अभिनेत्री मिरुना मगरले सही कामको लागि समय गलत नहुने बताएकी छिन् l साथै अन्याय एवं हिंसाविरुद्ध लड्न आम महिलालाई आग्रह गरेकी छन् । सामाजिक सञ्जाल मार्फत उनले उक्त कुरा बताएकी हुन् l उनी लेख्छिन् :तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ । चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् ।
अहिलेलाई जति नै कठिन भएपनि भोलिको दिनमा परिवर्तन अवश्य होला ।’ मगरले चलचित्र हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् ।