प्रख्यात हलिउड स्टार जोनी डिप निर्दोष ठहरिएका छन् l पत्नी एम्बर हर्डबीच चलिरहेको मानहानीसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउँदै जोनी निर्दोष रहेको ठहराएको हो l हर्डले आफू घरेलु हिंसामा परेको, डिपले आफूलाई शारीरिक तथा मानसिक यातना दिएको र सार्वजनिक स्थानमा समेत दुर्व्यवहार गरेको लगायतका आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर गर्नु पूर्व हर्डले द वासिङ्टन पोस्टमा आफू घरेलु हिंसामा परेको भनेर एक लेखसमेत प्रकाशित गरेकी थिइन् । डिपले भने सुरुदेखि नै हर्डको आरोपलाई अस्वीकार गर्दै आएका थिए । अदालतले जोनी डिपलाई निर्दोष ठहर गर्दै एम्बर हर्डलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्ने आदेश दिएको छ ।