नाबालिगलाई करणी गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थुनामै राख्न आदेश दिइएको छ l उच्च अदालतले थुनामा राख्न आदेश दिएको हो l न्यायाधीश उज्ज्वल सुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त  इजालसले जिल्ला अदालत तनहुँ र नवलपरासीको आदेशलाई सदर गर्दै सो फैसला सुनाएको हो l जिल्ला अदालत तनहुँ र नवलपरासीले थुनामा राखेर अनुसन्धान गर्ने आदेश विरुद्ध पलले उच्च अदालतमा अपिल गरेका थिए। बिहीबार साँझ अदालतले हिरासत भित्रै राखेर अनुसन्धान प्रकिया अगाडी बढाउन आदेश दिएको हो।