फुर्पा लामाले आफ्नो बोली फेरेका छन् l आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेर अब यो विषयमा विवाद र टिका-टिप्पणी नगर्ने भन्दै हस्ताक्षर गरेका फुर्पाले एक भिडियोमा आफ्नो बोली फेरेका हुन् l हिरोइनलाई धेरैले नराम्रो भन्न थालेकाले त्यस्तो नहोस् भन्नका लागि आफूले माफी पत्रमा हस्ताक्षर गरेको उनको भनाई छ । भिडियोमा फुर्पाले भनेका छन् :नले भनेका छन्, ‘हलमा फिल्म हेरेर बाहिर निस्कँदा कलाकारहरू आउनुभएको रहेछ । मलाई पनि एकदमै फोटो खिच्न मन लाग्यो । सेलिब्रेटीहरुसँग फोटो खिच्ने पाइरहँदै भनेर म पनि फोटो खिच्न भीडमा पसेँ । त्यसै बेला हिरोइन (मिरुना मगर) लाई देखेँ । मैले उहाँसँग फोटो खिचेर घुम्ने क्रममा भीडले गर्दा धकेलाधकेल भएको थियो । त्यस बेला मेरो हातले उहाँको शरीरमा छुन पुग्यो ।’मिरुना मगरले अचानक थप्पड हानेपछि आफू निकै डराएको बताउँदै उनले अगाडि भनेका छन्, ‘थप्पड हानेपछि उहाँले माफी माग्न भन्नुभयो । सबैले मतिर हेरिरहेकाले म डराएँ र तीन पटक सरी भनेँ । उहाँले थप्पड हानेपछि मलाई लाज लागेको थियो । अनि, म हलबाट साथीहरूसँग बाहिर निस्कँदै थिएँ त्यही बेला मलाई प्रहरीले समात्यो । प्रहरीले मलाई थुनामा कुटपिट चाहिँ गरेन ।’ केही दीन अघि ‘ब्याड टच'गरेको भन्दै सिनेमा हलमा नायिका मिरुना मगरले फुर्पालाई हात हालेकी थिइन् l उक्त कुराले उग्र रूप लिएपछि नायिका मगर र लामा बिच मिलापत्र भएको थियो l