फिल्म ‘लण्डन टू पेरिस’ मा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडीमा नव कलाकार निश्चल खड्का देखिने भएका छन् । घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने यस फिल्मको हाल कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने फिल्ममा गरीमा शर्मा र अभिनेता कबिर खड्काको पनि मुख्य भूमिका रहने छ l  असारबाट बेलायत र फ्रान्समा सुटिङ गर्ने तयारीमा निर्माण टिम रहेको छ।