वरिष्ठ गायक आनन्द कार्कीको आवाजमा समावेश गीत 'उनी बोल्दिनन् अचेल' रिलिज गरिएको छ l देवेन्द्र के.सिको शब्द रचना रहेको गीतमा संगीत शक्ति वल्लवले भरेका छन् l मनोहर सुनमले गीतको एरेन्ज गरेका हुन् l बिना श्रेष्ठको निर्देशन रहेको भिडियोमा कलाकार सरोज खनाल र करीश्मा मानन्धरलाई फिचर्ड गरिएको छ l
भिडियोको छायाङ्कन उत्तम हुमागाईँले गरेका हुन् l अनिल कुमार महर्जनको सम्पादन भिडियोमा देख्न सकिन्छ l