फिल्म ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । कलाकार सुनिल थापालाई फिल्ममा जोडे लागातै उनले फिल्म निर्देशन गर्ने खबर पनि बाहिरीएको हो l उनी फिल्ममा मुख्य भूमिकामा पनि देखिदै छन् l फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्ममा मनिष राउत , गौरव पहारी, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ। फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ l हाल सिनेमाको अभिनेत्री छनोट कार्य भैरहेकोले छायांकन मिति तय भएका छैन् । अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने निर्माण टिमको भनाइ छ l ओस्कार कलेजबाट फिल्म निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् ।