बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत–३’ नेपालसँगै भारतमा पनि एकसाथ रिलिज हुने भएको छ । असोज ७ गते फिल्म नेपाल सँगै भारतमा पनि रिलिज हुने भएको हो l फिल्म भारतमा ‘विश्वजितम’का नामबाट रिलिज हुनेछ । निर्देशक तथा निर्माता सन्तोष सेनले उक्त खबरको जानकारी गराएका हुन् l फिल्म कोभिड संक्रमणको महामारी अगाडि नै निर्माण सम्पन्न भएको थियो । तर, लकडाउनका कारण चलचित्र रिलिज हुन सकेको थिएन ।
निर्माता सन्तोष र छेतान गुरुङको संयुक्त निर्देशनमा तैयार भएको फिल्ममा प्रदीप खड्का,क्रिस्टिना गुरुङ,शिव श्रेष्ठ माओत्से गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ ।