स्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९ आयोजना हुने भएको छ l स्थानीय निर्वाचनका कारण स्थगित गरिएको अवार्ड अब आगामी कार्तिक ५ गते विराटनगरमा आयोजना गरिने भएको हो l अवार्डमा ०७६,०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका नेपाली फिल्महरू सहभागी हुने छन् । भव्य रुपमा आयोजना गरिने अवार्ड कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख सबै जातजातिको मौलिक संस्कृति,भेसभुसा,संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य २ सय बढी कलाकारद्वारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । साइमन स्वयम र नरेशवीर सिंहको कोरियोग्राफी रहेको कार्यक्रमका लागि काठमाडौँबाट थुप्रै कलाकार तथा सञ्चारकर्मीलाई विराटनगर लगिने छ । ओजश फिल्मस् एन्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा हुन लागेको अवार्ड कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी,उपप्रमुखमा रबिन थापा,सल्लाहकारमा अनीश सिंह ठकुरी,प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी (सिपी), एक्टिभिटिज डाइरेक्टर हरि सिवाकोटी, कार्यक्रम संयोजकमा अशिमा धुतराज,सञ्जु सापकोटा र रबिन राजवंशी,व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।