नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ आउँदो असार ३१गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बारे जानकारी गराएका हुन् । पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक मुद्रामा देखिएका छन् । निमेष प्रधानको निर्देशन रहेको फिल्ममा निर्माताको रुपमा आदित्य प्रधान र रेविका प्रधान रहेका छन् l निर्देशक प्रधान डेब्यु निर्देशन रहेको फिल्मलाई सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन गरिएको छ l फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको रहेको छ भने शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् ।