फिल्म ‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने भएको छ । निता फिल्मस्को तर्फबाट निर्माण हुन लागेको फिल्म भारतको उक्त सिटीमा छायाङकन हुन लागेको खबर फिल्मका अभिनेता हरिहर अधिकारीले जानकारी गराएका हुन् l ‘रामोजी फिल्म सिटी हैदरावाद’मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो ।  आगामी साउनदेखि पहिलो चरणको छायाङ्कन सुरु हुने फिल्ममा अभिनेत्री निता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहरको मुख्य भूमिका रहेको छ l फिल्ममा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय फिल्मका चर्चाका कलाकारहरू अभिनय पनि रहने छ । नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायाङ्कन हुने फिल्म नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुनेछ । ७ करोडको लागतमा बन्ने फिल्मलाई बलिउडका दर्जनौँ सफल फिल्म खिचिसकेका छायांकार कविरलालले खिच्नेछन् l  फिल्ममा वसन्त अधिकारी मुख्य सहायक निर्देशकको रूपमा रहनेछन् ।