फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरुले फिल्म प्रदर्शन गर्न नदिन माग गरेका हुन् l पत्रकार सम्मेलनमा धर्मगुरु ओङ्दी पिन्त्सोले सो कुराको जानकारी गराएका हुन् l दि रिलिज भएको खण्डमा सबै लामाहरू सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौँ ।’ उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरेका छन् l साथै थप् उनी भन्छन् : ‘वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ । यस विरुद्ध सबैले आवाज उठाउनु जरुरी छ,’ उनले भने, ‘नेपालमा समेत विवाद समाधान हुनुपर्ने हाम्रो आग्रह छ ।’ गत साता सिभिल मलको कफी सपमा मिरुना मगरले आफूलाई दुर्व्यवहार गर्दै बौद्ध भिक्षु फुर्वा तामाङलाई थप्पड हानेकी थिइन् । एक अर्कालाई माफी मागेता पनि यो विवाद अहिले सम्म सेलाएको छैन l सिक्किमसहित भारतका १५ सहरमा ‘कबड्डी ४’लाई प्रदर्शन गर्ने तयारी छ ।