अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् । फिल्मको आइतबार ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरिएको थियो l सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर भरेका छन् । गीतको भिडियोमा आकाश र प्रमीला फिचर्ड छन् ।  सुरेश वाग्लेसँग सहकार्य गरेर सरोज आफैँले निर्माण गरेका हुन् ।फिल्ममा करिश्मा मानन्धर, नीर शाह र प्रमीला कार्कीको मुख्य भूमिका छ l फिल्मलाई आउँदो वैशाखमा हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । गौरीशंकर धुजूको छायाङ्कन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पार्श्व संगीत छ । फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् ।