अभिनेत्री निता ढुङ्गानाको निजी कम्पनी निता फिल्मस् को तर्फबाट बन्न लागेको पहिलो फिल्म ‘ह्रस्व दीर्घ’लाई निर्माण टिमले अन्तर्राष्ट्रिय स्तरमा बनाउने घोषणा गरेसँगै विदेशी प्राविधिक र कलाकारहरूलाई जोड्दै लगेको छ । केही हप्ता पहिले मात्रै बलिउडका सिनेमाटोग्राफर कबिर लाल र अभिनेता प्रदीपराज रावतलाईअनुबन्ध गरेको निर्माण टिमले हालै अर्का चर्चित भारतीय कलाकारलाई भित्र्याएको छन् । निर्माण टिमले दक्षिण भारतीय फिल्मका कलाकार सुनिल बर्मालाई अनुबन्ध गरेको खबर सार्वजनिक गरेको हो । बर्मा मुख्यतः तामिल र तेलुगु भाषाको फिल्ममा चर्चित मानिन्छन् । उनले थुप्रै फिल्ममा कमेडी सँगै भिलेनको भूमिका पनि निभाएका छन् l फिल्मका अभिनेता हरिहर अधिकारीले यस खबरको जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत गराएका हुन् l हाल स्क्रिप्टको काम भइरहेको भनिएको ‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दै छन् । यो फिल्ममा मुख्य अभिनेतामा हरिहर अधिकारी र अभिनेत्री निता ढुङ्गाना हुनेछन् ।