निता ढुङ्गाना र हरिहर अधिकारीले विवाह गर्ने भएका छन् । लामो समयको प्रेम सम्बन्धलाई यो जोडीले लगन गाँठोमा परिणत गर्न लागेका हुन् l असारको अन्तिम साता दुवै विवाहको तयारीमा जुटेको निकट श्रोतले बताएको छ। अघिल्लो वर्ष नै विवाह गर्ने तयारीमा रहेको बताइएको यो जोडी हरिहरका परिवारमा परेको शोकका कारण रोकिएको थियो। यो जोडीले फिल्म ‘ह्रस्व दीर्घ’ निर्माण तयारी गरिरहेको छ।