निर्देशक हेम राज बिसी र ‘छक्का पञ्जा’ समूहको सहकार्य हुने भएको छ l ‘छक्का पञ्जा’ समूहले निर्माण गर्न लागेको फिल्म 'माग्ने राजा' को निर्देशनको जिम्मा हेमराजको हातमा परेको हो l हाल सम्म 'माग्ने राजा' नाम राखिएता पनि फिल्मको नाम परिवर्तन हुने सम्भावना रहेको छ l फिल्म ‘होस्टेल’बाट निर्देशकीय यात्रा सुरु गरेका हेमराजले ‘जेरी’, ‘गाजलु’, ‘ग्यांगस्टार ब्लूज’, ‘द ब्रेकअप’, ‘घामड शेरे’ फिल्मको निर्देशन गरिसकेका छन् । असारमा छायांकन गरेर दसैँमा रिलिज गर्ने टार्गेटरहेको फिल्ममा दीपाश्री निरौलासँगै दीपकराज गिरी, केदार घिमिरे, निर्मल शर्माको फिल्ममा अभिनय रहने छ l भने अन्य कलाकारको पनि खोजी कार्य जारी छ l कलाकारदेखि फिल्मको नाम केही दिनमा टुंगो लाग्नेछ ।