फिल्म ‘दि सेक्रेट्स अफ राधा’ भाद्र १० मा रिलिज हुने भएको छ l मंगलवार निर्माण टिमले आगामी भदौ १० गतेलाई प्रदर्शन गर्ने घोषणा गर्दै फिल्म को पोस्टर सार्वजनिक गरेका हुन् l सार्वजनिक पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठको चरित्र चित्रण गरिएको छ । घाँस काट्ने क्रममा खेतको गरामा बच्चालाई काखमा बोकेर खुसी मुद्रामा देखिएकी छिन् l सुवर्ण थापाको  निर्देशनमा तयार भएको यो फिल्मलाई सौगातको आदि योगी भिजन र सुवर्णको ब्यानरको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो । सुवर्ण र नायक सौगात मल्लको फिल्ममा लगानी छ । आदियोगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्मित यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।  फिल्ममा सौगात मल्ल, खगेन्द्र लामिछाने, सृष्टि श्रेष्ठ, मेनुका प्रधानको  मुख्य भूमिका रहेको छ l फिल्ममा सृष्टि टाइटल क्यारेक्टरमा छिन् ।