नायिका दिया पुनको हातमा नयाँ फिल्म परेको छ l  सगरमाथा आरोहण गरेर फर्किएपछि उनी सोमवार फिल्म ‘अन्तिम संस्कार’मा अनुबन्ध भएकी हुन् । शाही प्रोडक्सनको ब्यानरमा सामाजिक कथामा निर्माण हुन लागेको फिल्मलाई विनोद सुवेदी (खत्री) ले निर्माण गर्नेछन् । प्रदीप शाहीको निर्देशनमा बन्न लागेको यो फिल्ममा दियासँगै विजय लामा, यवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सस्मिता गिरी, श्याम राईलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । केही महिना अघि  उनी अभिनीत फिल्म ‘मन्त्र’ हलमा रिलिज भएको थियो ।