फिल्म ‘चिसो मान्छे’ सेन्सर पास भएको छ । अगामी असार ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको हो l डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्मलाई सबै वर्गका दर्शकले सहज रुपमा हेर्न पाउने छन् । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको ‘चिसो मान्छे’ लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्मलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् । ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।