सिनेमा हलमा पानी पिउन नपाएता पनि युट्युबमा फिल्मले राम्रो प्रतिक्रिया पाएपछि कलाकार तथा निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने भएका छन् । युट्युबमा रिलिज भएको १८ घण्टामा नेपाल ट्रेन्डिङमा एक नम्बरमा उक्लिँदै फिल्मले १६ लाख बढी भ्युज पाइसकेको छ । फिल्ममा सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका छ l

फिल्ममा सलोन र रुविनाका साथै शिब श्रेष्ठ, गौरी मल्ल लगायतको अभिनय रहेको छ l साथै अब निर्माण हुने दोश्रो पार्टमा भने यी कलाकार हुने या नहुने भनेर चाहिँ खुलाइएको छैन l