'प्रसाद २' लाई अब निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने खबर बाहिरिएको छ l बुझिए अनुसार निर्माण टिमले यस अघिका निर्देशक सौरभ चौधरीलाई हटाइ सुदर्शनलाई टिममा मिलाएका हुन् l खबरलाई औपचारिक रुपमा निर्माण टिमले सार्वजनिक भने गरेका छैनन् l सुशील पौडेलको लेखन रहेको फिल्मलाई सुवास थापाले निर्माण गर्नेछन्।   "प्रसाद १" कै  टिमलाई लिएर निर्माण हुने फिल्मलाई यस अघि दिनेश राउतको निर्देशनमा बनाइएको थियो l