फिल्म ‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । असार १० गतेबाट रिलिजको तयारीमा रहेका फिल्मको गीतमा भूपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर छ । बिजेन श्रेष्ठको संगीत गीतमा सुन्न सकिन्छ l सार्वजनिकमा गीतमा फिल्मको मुख्य पात्र बिचको प्रेम र पैसाको चक्कर देखाइएको छ । फिल्मलाई निर्देशक जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ ।
भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा छन् । अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डी गुरुङको सम्पादन फिल्ममा देख्न सकिन्छ l सुसन प्रजापतिले खिचेको फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दै छ ।