ट्री एन्टरटेन्मेन्ट युट्युब च्यानलबाट र्यापर जी - बबको 'फाइनली भेटियो' सार्वजनिक भएको छ l जि-बबकै शब्द रहेको गीतमा बिट याकु बिट्जको रहेको छ l भिडियोमा नायिका सारा सिर्पाली र डेल्विसलाई फिचर्ड गरिएको छ l साथै भिडियोमा जि-बबलाई पनि देख्न सकिन्छ l
नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई सिलन लम्सालले सम्पादन ,कलरीङ र भीएफएक्स गरेका छन् l माइकल चन्दले भिडियोको निर्देशन गरेका हुन् l