संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण गर्ने लागेको चलचित्र ‘अनुराग’बाट नायक दीपक घिमिरे बाहिरिएका छन् । घोषणा गरेको १० दिन नबित्दै चलचित्रबाट नायकले हात झिकेका हन् । एलिजा स्वयंम चलचित्रकी मुख्य नायिका हुन् भने दीपकले यसै चलचित्रबाट सिनेनगरीमा डेव्यु गर्ने लागेका थिए । कात्तिकको पहिलो हप्ताबाट नै चलचित्रको छायाङ्कन सुरु गर्ने भनिएता पनि नायकले चलचित्रबाट हात झिके पछि निर्माण पक्षले यति बेला नयाँ नायक खोजी कार्य सुरु गरेको छ । ‘उहाँको आफ्नो व्यक्तिगत कामको कारण समय दिन पाउनु भएन् । अब नयाँ नायकको खोजीमा छौ।’ चलचित्रका निर्देशक सत्यराज चौलागाइले सिनेपाटीलाई बताए । दीपकले चलचित्रबाट हात झिके पछि नायक सलोन बस्नेतसँग एकचरण कुरा भएको उनले बताए ।माया प्रेममा आधारित फिल्म ‘अनुराग’मा कलाकार सरोज खनाल, रुपा राना, निर्मल शर्मा आदिले पनि अभिनय गर्नेछन्।