नायिकाद्दय केकी अधिकारी र आँचल शर्मा अभिनीत फिल्म ‘झिँगे दाउ’को यती बेला सुटिङ भैरहेको छ l कोरोना महामारी अगाडीनै फिल्म छायांकन सकिएतापनी फिल्मको एक गीतको भने सुटिङ बाँकी थियो l सोही गीतको यती बेला सुटिङ चलिरहेको छ l ललितपुरस्थित श्रीकाली चौरमा भैरहेको सुटिङको केही तस्बिरहरू सार्वजनिक भएका छन् l ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको फिल्मको उक्त गीतको सुटिङको लागि १५ लाख भन्दा बढी खर्च भएको छ l

तस्विर :बिकास अर्याल 

Cine pati Cine pati Cine pati Cine pati

फिल्ममा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् । गीतमा फिल्मका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुसाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । ‘ए माया तिमी विना जीवन चल्दैन’ बोलको गीतमा प्रवीण बेडवाल र शान्ति श्री परियारको स्वर छ । 

Cine pati Cine pati Cine pati Cine pati

प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।