मिस नेपाल इन्टरनेशनल २०१७ नीति शाह यती बेला चर्चामा छिन् l ठुलो पर्दामा देखिन लागेको खबरका कारण उनी चर्चामा रहेकी हुन् l केही समय अघि नीति स्वयमले ठुलो पर्दामा देखिन लागेको बताएकी थिइन् l तर कुन फिल्ममा देखिँदै छिन् भने चाहिँ खुलाइएको थिएन l तर हालै उनी निर्माता तथा निर्देशक सन्तोष सेनको आगामी फिल्म 'हुतुतु' मा देखिँदै छिन् भने खबर बाहिरिएको छ l यस खबरलाई निर्माता सन्तोष सेनले पनि स्विकारेका छन् l उनले नीतिलाई फिल्ममा अफर गरेको बताएका छन् l तर, केही समयदेखि नीतिसँग फिल्मको बारेमा कुराकानी नभएको उनको भनाई छ । अब फिल्म ‘प्रेम गीत ३’ रिलिजपछि मात्र कुरा अगाडि बढाउने उनको भनाइ छ l तर यस बारे नीतिले भने केही बोलेकी छैनन् l फिल्ममा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा देखिँदै छन् l