फिल्म ‘वेलकम टू हेम्जाकोट’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मायाको रेडियो’ बोलको आइटम गीतमा उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर रहेको छ भने राज सागरको संगीत र प्रज्ज्वल अधिकारीको शब्द रचना छ । भिडियोमा मोडल अलिशा शर्मासँग फिल्मका लिड अभिनेता विनोद न्यौपानेले ठुम्का लगाएका छन् । सुरज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

तेजप्रसाद दाहालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा सुमन खड्का र निर्मातामा जितेन्द्र गिरी छन् । फिल्ममा दीर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन छ । आगामी कात्तिक २५ गते रिलिज हुने फिल्ममा बुद्धि तामाङ, विशाल पहाडी, रबी गिरी, सन्दीप सिग्देल, स्वर्गीय जयनन्द लामा, अम्बिका तामाङ, अस्मिता पन्त, शारदा गिरीलगायतको अभिनय छ ।