विष्णु क्षेत्री र सरूँ गौतमले स्वर ‘नबोल हेपेर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मिलन विष्टको शब्द, नवीन रावलको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराइलीको अभिनय रहेको म्युजिक भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ l

सागर प्रधानको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियो ‘उमारन क्रियशन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो l