रजनी रिदम राईको आवाजमा समावेश गीत ' को छ र मेरो भन्ने' सार्वजनिक भएको छ l भुपेद्र महतको रचना रहेको गीतमा संगीत जीवन प्रकाश प्रधानले भरेका हुन् l नायिका लक्ष्मी बर्देवा र कलाकार जीवन भट्टराईको निर्देशनमा बनेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l

विष्णु खड्काको सम्पादन तथा कलरीङ रहेको भिडियोमा लक्ष्मी र जिबनलेनै अभिनय गरेका छन् l साथै अश्विनी बर्देवाको अभिनय पनि भिडियोमा देख्न सकिन्छ l भिडियोलाई नायिका बर्देवाकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिने छ l