फिल्म ‘डलर एयूडी’ निर्माण हुने भएको छ । देवकुमार श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्मको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच घोषणा गरिएको हो l फिल्ममा अभिनेता अर्पण थापा र अभिनेत्री मेनुका प्रधान मुख्य भूमिकामा देखिँदै छन् l केही दिनमा कार्यशाला सुरु गरेर असार अन्तिमबाट छायांकनमाजाने फिल्मको कथा नाटकका निर्देशक चे शंकरले लेखेका हुन् l सन्तोष अधिकारीले निर्माण गर्ने फिल्मको छायांकन अष्ट्रेलियामा नै हुनेछ । फिल्मले अष्ट्रेलियामा बसेर पैसा कमाउनका लागि नेपालीले गर्ने संघर्षको कथालाई देखाउने छ l अर्पण र मेनुकाको अलावा फिल्ममा निर्माता अधिकारीको मुख्य भूमिका रहनेछ ।