फिल्म ‘काँडेतार’ को टिजर रिलिज भएको छ । नवल खड्काको निर्देशन रहेको फिल्मको टिजर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । फिल्मलाई अभिनेता तथा निर्देशक नबल खड्काले निर्देशन र निर्माण गरेका हुन् l शिवं अधिकारी र नबल खड्काकै लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य रहेको छ । मणि थापा, दीपक शर्माको संगीत रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । l
सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रवीन्द्र रञ्जन झा, मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी र बाल-कलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय रहेको छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बनेको छ