र्यापर जी–बब (सुदीप भण्डारी) ले आफ्नो आमा बुवा विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् l आफूलाई जबरजस्ती रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उनले उजुरी दिएका हुन् l छोराले आफूहरू विरुद्ध उजुरी दिएपछि उनको आमा-बुवालेले पनि आफ्नो छोरा विरुद्ध उजुरी दिएका थिए l एकअर्काविरुद्ध उजुरी हालेपछि महानगरी प्रहरी परिसर काठमाडौँलाई छानबिन गर्न निर्देशन दिएको छ भने छलफलको लागि आगामी सोमबार बोलाएको छ l आज फैसला हुन नसके पछि सोमबारलाई पुन यो परिवारलाई बोलाइएको हो l अनावश्यक हस्तक्षेप गरेको जी -बबको भनाइ छ भने बुवाआमाले चाहिँ छोरालाई सुधार्न सुधार केन्द्रमा राखेको बताएका थिए l