यहि शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘जोनी जेन्टलम्यान’ले शुरुवाती दिन सुखद ओपनिङ गरेको छ । त्यस्तै निर्माण पक्षको अनुसार सनिबार देशभरका प्राय जसो हलहरु हाउसफूल रहेको बताएका छन् । राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र कलंकी लगायत हलहरु हाउसफूल भएको र मल्टिप्लेक्सका बिहानी शोमा ७५ प्रतिशत र दिवा शोहरुमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताए । मोफसलमा पनि दर्शकको चाप राजधानीकै सरह रहेको निर्माता अजयमल्ल ठकुुरीको भनाई छ ।

सनिबार हलमा दर्शक हाउसफूल भएपछि नायक पल शाह, नायिका आँचल शर्मा, निर्देशक नितिन चन्द र निर्माताहरु अजय र एन्डियु पौडेल हलहलमा पुगेका थिए । गोपिकृष्ण र अष्टनारायणका दर्शकसँग उनीहरुले खुसी साटे । पल र आँचलसँग सेल्फी खिच्न उनीहरुका फ्यानहरु झुम्मिएका थिए । शनिबारसँगै असोज ३ गते संविधान दिवसको सार्वजनिक बिदा परेका कारण जोनी जेन्टलम्यान लाई फाइदा पुग्ने देखिएको छ । पल र आँचको मुख्य भूमिका रहेको फिल्म एक्सन लभ स्टोरी जनराको हो