फिल्म क्याप्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीलाई नेपाली फिल्म क्षेत्र हाँक्न सक्ने अभिनेत्रीको रूपमा हेरिएको छ । फिल्म ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो ।
करिब १० करोडको हाराहारीमा व्यापार गरेको फिल्मबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए । उनै उपासना सिंह ठकुरी पछिल्लो समय फिल्ममा अभिनय गर्न व्यस्त छिन् ।