नेपालीमा एउटा उखान छ नि ' अरूले तपाईँ भनोस् कि नभनोस् आफैँ मपाईँ भन्ने' l यो उखान यती बेला विवादको घेरामा रहेका र्यापर जी बबलाई नै मिल्दो छ भन्दा फरक नपर्ला l बाबु आमा विरुद्ध उजुरी हालेका जी बबले उक्त कुराको स्पष्टीकरण दिन आइतबार राखिएको एक पत्रकार सम्मेलनमा उनले आफूलाई मपाईँको सङ्ग्या दिएका हुन् l बबले आफू सुपरस्टार रहेको बताएका छन् l पत्रकारले यती धेरै मिडिया त मैले कसैको पनि देखेको थिइन भन्दै गर्दा जी बबले बिचैमा पत्रकारको बोली चिर्दै 'म सुपरस्टार हुँ दाइ'  आज तपाईँहरू ८०-५० जना मिडिया आउनुभएको छ । मैले चाहेँ भने ३-४ सय जना मिडिया पनि जम्मा पार्न सक्छु ।’ भनेका थिय l साथै उनले सुपरस्टार मात्र भनेर आफ्नो बोलीमा लगाम् लगाएनन् थप् उनले आफू ब्रम्हान्डकै सर्वोत्कृष्ट ब्याटल र्‍यापर भएको अर्को घोषणा गरे । ‘आई एम वेस्ट अफ दी वेस्ट ब्याटल र्‍यापर एभर अलाइभ इन द युनिभर्स’ उनले भने, ‘यो मैले घमन्ड गरेर भनेको होइन ।’