गायक नवीन के भट्टराईको आवाजमा गीत 'केही गर्न जान्दिन' सार्वजनिक गरिएको छ l गायक नवीनकै शब्द , कम्पोज रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् l भिडियोलाई रुपेश थापाले खिचेका हुन् l रबी राजबाहक , अलिना के.सी, ममता माझी , रन्जु सुनम, अश्मी बिक र छाया प्रधानले भिडियोमा अभिनय गरेका छन् l 

बिजेश पौडेल यस भिडियोका सम्पादक हुन् l सार्वजनिक भिडियोलाई गायक नवीनकै अफिसियल युट्युब च्यानल बाट हेर्न सकिन्छ l