गायक रबिन लिम्बुको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिपी खनाल र सदु खनालको शब्द गीतमा सुन्न सकिन्छ l गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ भने विश्व अधिकारीको संगति संयोजन रहेको छ । सौरभ लामाले छयांकन तथा निर्देशन गरेको भिडियोमा नायक आर्यन सिग्देल र रुबिना थापाको अभिनय रहेको छ l

अर्जुन जिसीको भिडियो सम्पादन समावेश रहेको भिडियोलाई  दश म्युजिक मार्फत युट्युबमा सार्वजनिक गरिएको हो ।