बहुचर्चित सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन निर्माण हुने भएको छ l नेटफ्लिक्समा टिजर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरिएको हो l  स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आइतबार राति सांकेतिक टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।सिरिजका कार्यकारी निर्माता वाङ डोङ ह्युकले टिजर सार्वजनिक गर्दै नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने सिरिज बन्न यसलाई १२ दिन पनि लागेन,’ भनेर उल्लेख गरेका छन् l थप् उनी भन्छन् : कुन चरित्र सिरिजमा फर्कने र को नफर्कनेबारे पनि बताएका छन् । साथै दर्शकलाई धन्यवाद समेत दिएका छन् । सिरिजको दोस्रो भाग सन् २०२३ को अन्त्यतिर आउनेछ । सिरिजका हिरो र भिलेन दुवै दोस्रो सिरिजमा पनि देखिनेछन् ।