मोडल तथा कलाकार सुनिशा बजगाईँ बिहे बन्धनमा बाँधिने भएकी छन् l तितो सत्यमा बाल कलाकारको रुपमा चर्चामा आएका राज आचार्य सँग उनले लगन गाँठो कस्न लागेको खबर बाहिरिएको हो l राज कलाकार तथा निर्देशक शंकर आचार्यका छोरा हुन्। बुझिए अनुसार केही समय देखी एक अर्काको प्रेममा रहेका यो जोडीको बिहेको मिति पनि पक्का भैसकेको छ l श्रोतले असार ७ गतेलाई विवाहको मिति तय भएको बताएको छ।