गायिका इन्दिरा जोशी र शरद केडियाको आज विवाह गरेकी छन् । चितवनको वाराही जंगल लजमा उनीहरूको विवाह भएको हो l परिवार र केही आफन्तहरूको उपस्थितिमा लगन गाँठो कसेकी इन्दिरा लामो समय देखी केडियाको प्रेममा थिइन् l शरद पेसाले फेशन डिजाइनर हुन् l गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । जुन भिडियो सामाजिक सञ्जालमा भारल पनि भएको थियो l