वेब सिरिज ‘साहु बा’ निर्माण हुने भएको छ । सोमबार काठमाडौँको अनामनगरस्थित मन्दिरमा सिरिजको मुहूर्त गरिएको सिरिजलाई फ्रेम इन प्रोडक्सनले निर्माण गर्ने छ l सिरिज पहिलो सिजनमा १३ एपिसोड छायांकन हुने जनाइएको छ । प्रियंका कार्की र सरिता गिरीको सिरिजमा मुख्य भूमिका रहने छ l साथै अन्य कलाकारहरूमा मितेष शाह, कविता नेपाली, नम्रता श्रेष्ठ, शेखर चापागाईँ, कविता नेपाली र प्रदीप बाँस्तोलालाई पनि हेर्न सकिने छ l सिरिजलाई सुजोय योङले निर्देशन गर्दैछन् ।