फिल्म ‘चिसो एष्ट्रे’ डिजिटल प्लेटफर्ममाप्रदर्शन हुने भएको छ l निर्माण टिमले बुधवार फिल्मलाई डिस होम सहित नेट टिभी, मोमो एप लगायतका प्लेटफर्ममाप्रदर्शन गर्ने भएको हो l गत वर्षको चैत ४ गते प्रदर्शनमा आएको फिल्मले हलमा ठिकै मात्र व्यापार गरेको थियो कंगारु क्रिएसन र लोकल फिल्मको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् l आधुनिक बन्न खोज्दा आफैँलाई गुमाउन पुग्ने युवाको कथा फिल्ममा समावेश छ ।उज्ज्वल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन फिल्ममा समावेश छ । फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठको फिल्ममा मुख्य भूमिका रहेको छ l दिनेशले लेखन तथा निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्मको सह निर्मातामा रुपेश ढुंगाना र नवीन ढुंगाना छन् ।