नायिका सञ्चिता लुइँटेल एक रियालिटी शोमा निर्णायकको रुपमा देखिने भएकी छिन् l ‘मेरो डान्स कप यूएसए-४’ रियालिटी शोमा उनी निर्णायकको रुपमा अनुबन्धित भएकी हुन् । इन्ट्रा फाउन्डेसनले शोको आयोजना गरेको हो l यो शोको निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, केकी अधिकारी, शंकर बिसी र नरमान राई पनि रहनेछन् । ग्यालेक्सी टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘मेरो डान्स कप यूएसए’को उत्कृष्ट १२ मा सुमन लामिछाने, शिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सत्य विष्ट, सुमिका तामाङ, आयुष समाल लगायत छन् ।शोको उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरूको बाँकी चरणको प्रतिस्पर्धा नेपालमा हुँदै छ ।