बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक गरिएको छ l ट्रेलरमा सत्य असत्य, आशा र निराशाबिचको लडाइँ देखाइएको छ l  मुखर्जी निर्देशित फिल्ममा रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका छ ।

रणवीर र आलियाको अलावा फिल्ममा अमिताभ बच्चन, मौनी रोय र नागार्जुन अक्किनेनी पनि मुख्य भूमिकामा छन्। मिडिया रिपोर्टका अनुसार फिल्ममा शाहरुख खान विशेष भूमिकामा देखिनेछन् ।  आगामी ९ सेप्टेम्बरमा फिल्म रिलिज हुनेछ । यो फिल्म ९ वर्षदेखि पाइपलाइनमा थियो ।