गायिका आनी छोइङ डोल्माले  सांगीतिक प्रस्तुति दिने भएकी छन् । लगभग ६ वर्ष पछि कन्सर्ट गर्न लागेकी उनले असार ११ गते आफ्नो प्रस्तुति दिने भएकी हुन् l ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज स्कुलको प्रेक्षालयमा उनको प्रस्तुति हुने छ l  आनीसहित अन्य कलाकारले पनि प्रस्तुति दिने खबर पत्रकार सम्मेलनमा जानकारी गराइएको हो l कोरोना महामारीको समयमा आफूले कम्पोज गरेका गीतलाई आनीले कन्सर्टमा गाउन लागेकी हुन्  हिल द अर्थ’ नाम दिइएको उक्त कन्सर्टबाट संकलित रकम आगोले पोलेका बिरामीको उपचारमा खर्च गरिने जनाइएको छ । कन्सर्टमा ग्रामी मनोनित नेपाली संगीतकर्मी मनोजसिंह नेवा, १९७४ एडीका सञ्जयकुमार श्रेष्ठ, गोपाल रसाइली, प्रज्वल लामा र लावोनी चक्रवर्तीले पनि प्रस्तुत दिने भएका छन् ।