जुनै पनि चरित्रलाई सहजै रुपमा त्यस भित्र डुबेर अभिनय गर्न सक्ने नायिका हुन् दिया मास्के l उनै मास्के अभिनीत फिल्म 'प्रकाश' भाद्र १० गतेबाट प्रदर्शनमा आउदैछ l उनी फिल्ममा मुख्य भूमिकामा देखिएकी छिन् l फिल्ममा उनी 'सिता' को पात्रमा देखिएकी छन् l अभिनेत्री बन्ने यो सुन्दर समय आएको उनले उल्लेख गरेकी छन् l दियाले फेसबुकमा पोष्टर शेयर गर्दै सो कुराको उल्लेख गरेकी हुन् l उनी लेख्छिन् : केही चलचित्रमा महिला पात्रहरू केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरू जस्तो प्रतीत हुन्छ । हामी उनीहरूको चारित्रिक विशेषता खोज्नेतर्फ शून्य बराबर नै समय खर्चिन्छौँ । मात्र यति भन्छु– समय बदलिएको छ ।’‘अहिले सिनेमामा एकपछि अर्को सशक्त भूमिकाद्वारा सिनेमालाई धान्ने शक्तिको रुपमा महिला पात्रलाई सिनेमा आख्यानमा स्थापित गर्न थालिएको महसुस भएको छ । यसैले मनदेखि नै भन्न मन लाग्छ । यस कारण नेपाली फिल्मको अभिनेत्री बन्ने यो सुन्दर समय हो, । दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का र दियाको मुख्य भूमिका छ । दुर्गम ठाउँ र विपन्न परिवारको युवकले शिक्षक बनेर सपना पूरा गर्न खोज्ने संघर्षलाई फिल्ममा चित्रण गरिएको छ ।