डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका मोडल तथा कलाकार सुनिशा बजगाईँ र राज आचार्य असार ७ गते बिहे बन्धनमा बाधिदै छन् l विवाह कार्यक्रमअघि उनीहरूले बुधवार बेलुका काठमाडौँको एक रेस्टुरेन्टमा निकट साथीभाइको उपस्थितिमा ब्याचलर पार्टी आयोजना गरे । कार्यक्रममा केही कलाकार र नजिकका साथीभाइहरूको पनि उपस्थितिमा केक देखी भोज पार्टी समेत राखिएको थियो l  l उक्त ब्याचलर पार्टीको केही तस्बिरहरू पनि सार्वजनिक भएको छ l जसमा  राज र सुनिशा रोमान्टिक देखिएका छन्  तितो सत्यमा बाल कलाकारको रुपमा चर्चामा आएका राज आचार्य कलाकार तथा निर्देशक शंकर आचार्यका छोरा हुन्।