भोलि शुक्रवार बाट फिल्म 'चिसो मान्छे' प्रदर्शनमा आउँदै छ l दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता अर्पण थापा र अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् l फिल्ममा अर्पण थापा र स्वस्तिमा फरक अवतारमा प्रस्तुत भएका छन् l बाजुरा जिल्ला रहन सहन र त्यहाँको कथा बस्तु लिएर निर्माण गरिएको फिल्ममा स्वस्तिमा बाजुराकै परिवेशमा देखिएकी छिन् l भने अर्पण एक ड्राइभरको भूमिकामा देखिएका छन् l

Cine pati Cine pati Cine pati

ट्रेलरमा पनि अर्पण र स्वस्तिमाको केमेस्ट्रीलाई दर्शकले अत्याधीक रुचाएका छन् l  ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।  फिल्मलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् ।

Cine pati

फिल्मले मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गर्छ l फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनीले मोफसलमा वितरण गर्नेछ ।