सञ्चारकर्मी रबी लामिछाने ग्यालेक्सी टेलिभिजन बाट बिदा लिएका छन् l आगामी संसदीय चुनावमा काठमाडौँबाट स्वतन्त्र उम्मेदवार बन्ने फैसलाका साथ उनले ग्यालेक्सी टेलिभिजन बाट हात छोडेका हुन् l युवराज कँडेललाई 'सिधा कुरा जनतासँग' नामक आफ्नो हस्तान्तरण गरेका पनि छन् l  खादा लगाएर टिभीका अध्यक्ष जीवी राईले उनलाई आज बिदा गरेका हुन् lलामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए ।  लामिछानेले ३ नम्बर क्षेत्र बाट चुनाव लड्ने बुझिएको छ l तर उनका निकटले भने १ नम्बर र ५ नम्बर पनि हुन सक्ने जानकारी गराएका छन् l